अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ सांसदको समर्थन

अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ सांसदको समर्थन


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा दोस्रो ठूलो दल नेकपा एमालेसहित १६६ जना सांसदको समर्थन जुटेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भएको चार घण्टा लामो वार्तापछि यस्तो सहमति जुटेको हो।

एमाले महासचिव शंकर पोखरेलले नेकपा एमाले,  माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्तिसहितका १६६ सांसदले प्रधानमन्त्रीका लागि प्रचण्डलाई समर्थन गर्ने सहमति भएको बताउनु भयो ।

उहाँले जम्मा १६६ सांसदको समर्थनमा आजै सरकारको दाबी पेश गर्न आफूहरु शीतल निवास जाने पनि जानकारी दिनुभयो ।