अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड राष्ट्रपति निवासमा (तस्वीरहरु)

प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड राष्ट्रपति निवासमा (तस्वीरहरु)


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको दाबी गर्न शीतल निवास पुग्नुभएको छ ।

उहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको साथ लिएर प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिको कार्यालय शीतल निवास पुग्नुभएको हो ।

अध्धयक्ष प्रचण्डलाई एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्तिसहितका १६६ जना सांसदको समर्थन मिलेको छ।

अध्यक्ष दाहाल संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा प्रधानमन्त्री हुन लाग्नुभएको हो ।

मंसिर ४ को निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन आह्वान गर्नुभएको थियो । उहाँले दिनुभएको समय अहिले साँझ ५ बजे सकिएको छ। समय सकिनुअघि नै प्रचण्ड शीतल निवास पुग्नुभएको हो ।

तस्वीरहरुः एमाले अध्यक्ष सचिवालय ।