अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन

अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन सात दलले समर्थन गरेको छ ।

नेकपा एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलले समर्थन गर्ने सहमति जुटेको हो।

जसअनुसार माओवादी केन्द्रका प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ । 

प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् ।