अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धन टुटेपछि माधव नेपाल अलमलमा

सत्ता गठबन्धन टुटेपछि माधव नेपाल अलमलमा


काठमाडौं – सत्ता गठबन्धन टुटेपछि नेकपा एकीकृत समाजवादी पार्टी अलमलमा देखिएको छ।

नेकपा एमाले–माओवादीसहितको नयाँ सरकार गठन प्रक्रियामा सहभागी नभएको एकीकृत समाजवादी आगामी यात्राबारे अलमलमा देखिएको हो ।

अकस्मात् राजनीतिक घटनाक्रम फेरिएपछि पार्टीको केन्द्रीय सचिवालयको बैठकमा समग्र अवस्थाबारे छलफल भएको थियो ।

नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ भने थ्रेस होल्ड नकटाउँदा राष्ट्रिय पार्टी बनेको छैन । माओवादीसँगै  समाजवादी एमालेसँग सहकार्य गर्न तयार नहुँदा एक्लिएको हो ।