अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीमा प्रचण्डको नियुक्ति आजै : राष्ट्रपति कार्यालय

प्रधानमन्त्रीमा प्रचण्डको नियुक्ति आजै : राष्ट्रपति कार्यालय


काठमाडौं – राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री आजै नियुक्त गर्ने भएको छ।

राष्ट्रपतिले प्रधानमन्त्रीका लागि सात दिनभित्र दावी पेस गर्न दिएको समयसीमा भित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दावी पेस गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्डले १६९ सांसदसहित राष्ट्रपति कार्यालयमा दावी पेस गरेपछि प्रक्रिया पुर्‍याएर आजै नयाँ प्रधानमन्त्रीमा प्रचण्डलाई नियुक्ति गर्न लागिएको शीतल निवास स्रोतले जनाएको छ । ‘दावी पेस भयो, अब आजै प्रक्रिया पुर्‍याएर प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्ने गरी तयारी भइरहेको छ’, शीतल निवास स्रोतले जनाएको छ ।