काठमाडौं -प्रधानमन्त्री पदमा प्रचण्डको नियुक्ती भइसकेपछि सत्तारुढ दलका नेताहरु भावी रणनति तय गर्नका लागि राष्ट्रपति कार्यलयमा नै टलफलमा जुटेका छन् । राष्ट्रपति कार्यलय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछाने,राप्रपाका अध्यक्ष राजेन्द्र लिङ देन शितल निवासमौ छलफलमा हुनुहुनछ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव केहीबेर अघि शितल निवासबाट बाहिरिनु भएको छ ।
छलफलमा मुख्य पदहरु राष्ट्रपति,सभामुख,उपसभामुख मन्त्री,मुूख्यमन्त्री,प्रदेश प्रमुख आदिको बाँडफाँडका विषयमा छmलफल भइरहेको शितल निवास स्रोतको भनाइ छ । भोली प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहणसँगै सत्तारुढ दलका सबै पार्टीबाट कम्तीमा एक एक जना मन्त्रीको सपथ गराउने तयारी रहेको स्रोतको भनाइ छ ।
एमाले सहित सातवटा पार्टीका १ सय ६६ र स्वतन्त्र ३ जना गरी १सय ६९ जना साँसदको समर्थन प्रधानमन्त्री प्रचण्डलाई छ ।






प्रतिक्रिया