अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेशसभा सदस्यको शपथ आज

कर्णाली प्रदेशसभा सदस्यको शपथ आज


काठमाडौं-कर्णालीका प्रदेशसभा सदस्यहरुको शपथ आज हुने भएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य विनोद कुमार शाहले शपथ खुवाउनु हुने भएको छ ।

प्रदशसभा सदस्यहरुको शपथ आज दिउँसो ३ बजे हुने छ । त्यहाँभन्दा पहिला बिहान साढे ११ बजे शाहको शपथ प्रदेश प्रमुख तिलक परियारबाट हुने छ । शाह सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवहाक सभामुख भएर कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुहुने छ ।