काठमाडौं-नेकपा माओवादी केन्द्रबाट पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्नुहुने भएको छ । पहिलो चरणको मन्त्रिमण्डलमा श्रेष्ठ उपप्रधानमन्त्रीसहित सहभागी हुने माओवादीले जनाएको हो ।
श्रेष्ठको मन्त्रालय भने पछि टुङ्गो लाग्ने बताइएको छ । श्रेष्ठ राष्ट्रिय सभाका सदस्य हुनुहुन्छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ ।
आज नै सानो आकारको मन्त्रिमण्डल बनाउने प्रचण्डको तयारी छ । मन्त्रालयको विषयमा टुङ्गो लगाउन शपथ अघि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।






प्रतिक्रिया