अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रालय सम्हाल्ने वित्तिकै रबीको चासो निर्मलाको हत्यारातिर

गृहमन्त्रालय सम्हाल्ने वित्तिकै रबीको चासो निर्मलाको हत्यारातिर


काठमाडौं -उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेलगत्तै निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे चासो राख्नु भएको छ ।

लामिछानेको पदभार ग्रहणका बेला उपस्थित भएका गृह सचिव विनोद सिंहसँग निर्मला पन्तको घटनाबारे अपेडट गराउन निर्देशन दिनुभयो।

ुनिर्मलाको पन्तको घटनाको अपडेट पनि गर्नुहोलाु, लामिछानेले निर्देशन दिँदै भन्नुभयो ,अपडेट मलाई गर्नुहोला। उक्त घटनामा न्यायका लागि अधिकतम पहल गर्ने निर्णय लेख्नुहोला।ु
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साल साउन ११ गते बलात्कारपछि हत्या भएको थियो।
गृह मन्त्रालयले विभिन्न टोली बनाएर उक्त घटनाको छानबिन गरेको भए पनि अझैसम्म हत्यारालाई पक्राउ गर्न सकेको छैन।