काठमाडौं- नवनियुक्त अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत व्यवसायीलाई छलफलका लागि मन्त्रालयमा बोलाउनु भएको छ ।
ब्याजदर वृद्धिको विरोध गरिरहेका व्यवसायीसँग पौडेलले छलफलका लागि बोलाउनु भएको हो । अर्थमन्त्री बनेको भोलिपल्टै व्यवाशायीसँगकोे असमझदारी हटाउन यो कदम चाल्नु भएको हो ।
त्यस्तै राजस्वको लक्ष्य प्राप्त गर्न चुहावटलाई कडाइका साथ नियन्त्रण गर्ने र यसका लागि राजस्व प्रशासनमा आवश्यक पुनरसंरचना गर्ने निर्णय गर्दै राजस्वको लक्ष्य प्राप्त गर्न एवं आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रसँग सहकार्य र सहयोगलाई वस्तुपरक रूपमा घनिभूत गराउने पनि निर्णय गरिएको छ ।
ब्याज वृद्धिका साथै राष्ट्र बैंकले ल्याएको चालू पुँजी कर्जा मार्गनिर्देशनको विपक्षमा उत्रिएका व्यवसायीहरू नेपाल उद्योग वाणिज्य महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समस्या राखिसकेका छन्। आजैमात्र केही व्यवसायीले अर्थमन्त्रीलाई भेटेर आफ्ना समस्या राख्ने तयारी गरेका छन् ।







प्रतिक्रिया