काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्त गर्नु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नुभएको छ ।
माओवादी केन्द्रनिकट मानिने वरिष्ठ अधिवक्ता पोखरेलको स्थायी घर प्युठान हो । पोखरेलसर्वोच्च अदालतको न्यायाधीश हुने चर्चा थियो । सरकार परिवर्तनसँगै सरकारको कानुनी सल्लाहकारका रूपमा पोखरेल महान्यायाधिवक्तामा नियुक्त हुन लाग्नु भएको हो ।
महान्यायाधिवक्ताको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुन्छ । राष्ट्रपतिबाट नियुक्त भएपछि प्रधानन्यायाधीशले शपथ खुवाएपछि महान्यायाधिवक्ताको कार्यकाल सुरु हुन्छ । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हुन्छन् ।






प्रतिक्रिया