काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन कार्यतालिका अनुसार बुधबार विहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुनेछ ।
घोषित कार्यतालिका अनुसार बुधबार (पुस १३ गते) विहान ११ देखि १२ बजेसम्म मनोनयनपत्र दर्ता हुनेछ भने १२ बजेदेखि दिउँसो १२ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
सोही दिन दिउँसो १२ः३० देखि दिउँसो १ः३० बजेसम्म नाम फिर्ता लिने समय दिइएको छ।
यस्तै, दिउँसो १ः३० देखि २ बजेसम्म दाबी विरोध, २ देखि २ः३० सम्म अन्तिम नामावली प्रकाशन र दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मतदान हुनेछ।
सोही दिन दिउँसो ३ः३० बजेपछि परिणाम घोषणा गरिनेछ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी दलका १२ जना सांसद छन्। अध्यक्ष यादव भने प्रतिनिधि सभामा पराजित भएका थिए।






प्रतिक्रिया