काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कांग्रेसले पुस २२ गते दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।
बैठकका लागि ३ एजेन्डा तय गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को समीक्षा सम्बन्धमा, समसामयिक राजनीतिका सन्दर्भमा र विविध गरी तीन एजेन्डा तय गरिएका हुन्।
सत्ता गठबन्धन टिक्न नकसेपछि कांग्रेसको संस्थापन र इतर समूहमा रहेका नेताहरु केन्द्रीय कार्यसमिति बैठक डाकेर छलफल गर्नुपर्ने बताउँदै आएका थिए।






प्रतिक्रिया