काठमाडौं – सरकारले पुस २५ गते संसद बैठक बोलाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक बोलाउन राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय लिएको थियो।
मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति भण्डारीले १३ दिनको समय राखेर संसद बैठक आह्वान गर्नुभएको हो । जसअनुसार आगामी पुस २५ गते दिउँसो १ बजे संसद बैठक बस्नेछ।
४ मंसिरको चुनाव सम्पन्न भएपछि पहिलो पटक संसद बैठक बस्न लागेको हो।
प्रतिक्रिया