अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेल चढ्ने क्रममा किचिएर एक जनाको मृत्यु

रेल चढ्ने क्रममा किचिएर एक जनाको मृत्यु


जनकपुरधाम-जयनगर-जनकपुर रेल चढ्नेक्रममा किचिएर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको नगराईन नगरपालिका राघवपुरका ३५ वर्षीय पुरन सदाय छन् ।

विदेह नगरपालिकाको बैदेही स्टेशनमा रेलमा चढ्ने क्रममा खसेपछि किचिएर उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । लिकमा पुरनको हात काटिनुको साथै टाउकोमा समेत चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धन्क निरञ्जन झाका अनुसार गुडिरहेको रेलमा चढ्न खोज्दा उनको मृत्यु भएको हो ।