अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा संसदीय दलको नेतामा यादव निर्विरोध चयन

जसपा संसदीय दलको नेतामा यादव निर्विरोध चयन


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसायप्रसाद यादव चयन हुनुभएको छ । उहाँ सर्वसम्मत रुपमा प्रतिनिधिसभाको दलको नेता चयन भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

यसअघि दलको नेतामा तीन जना सांसदको दाबी रहेपछि निर्वाचनबाट नेता चयन गर्ने भनेर निर्वाचन कार्यतालिका समेत तय भएको थियो । तर, अन्तिम समयमा सहमतिकै आधारमा दलको नेता चयन गरिएको हो ।

जसपामा यादवसहित संघीय परिषद् अध्यक्ष अशोक राई र नेता राजकिशोर यादवले पनि दाबी गर्दै आउनु भएको थियो ।