काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारबाट बाहिरिनुभएको छ ।
साढे २ घण्टा भेटवार्तापछि खुमलटारबाट अध्यक्ष ओली बाहिरिनुभएको हो । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट बाहिर ल्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाउनु भएपछि अध्यक्ष ओली खुमलटार जानुभएको हो ।
प्रधानमन्त्री प्रचण्डसँग समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीले बताउनु भयो । दुई नेताबीच आगामी सहयात्रा र सत्ता गठबन्धनमा हुने भागबण्डाको विषयमा छलफल गरेको बुझिएको छ।






प्रतिक्रिया