काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भएको भेटवार्ता सकिएको छ।
अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच दुई घण्टाभन्दा लामो वार्ता भएको हो।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दुई नेताबीच सरकारका नीति तथा कार्यक्रमलाई लिएर छलफल भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘उहाँहरुबीच सरकारका नीति कार्यक्रम के-के बनाउने? सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरा भयो। मन्त्रिपरिषद्को पहिलो बैठकबाट भएका निर्णय कार्यान्वयनबारे पनि कुरा भएको छ।’
स्वकीय सचिव मल्लले यसबारेमा बिहीबार फेरि बालुवाटारमा छलफल गर्ने गरी भेटवार्ता टुंगिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘भोलिको छलफलले थप निर्णय गर्नेछ। अहिले गठबन्धनभन्दा पनि सत्ता साझेदारीबारे कुरा भयो । आज मन्त्रिपरिषद् विस्तारबारेमा कुरा भएन। सरकारको नीति तथा कार्यक्रममा छलफल भएको छ।’






प्रतिक्रिया