सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको नेतमा यामलाल कँडेल सर्वसम्मत चयन हुनुभएको छ ।
बुधबार बसेको नेकपा एमाले कर्णाली प्रदेशको बैठकले कँडेललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।
कँडेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर-२ प्रदेश सभा (१) बाट निर्वाचित हुनुभएको थियो । कँडेल २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा निर्वाचित भएको थियो ।
कँडेल नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज समेत हुन्।






प्रतिक्रिया