अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस बागमती संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी

कांग्रेस बागमती संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी


काठमाडौं – नेपाली कांग्रेसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित हुनुभएको छ ।

बुधबार भएको निर्वाचनमा उहाँले इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै दलको नेता चयन हुनुभएको हो । लामाले २१ मत पाउनु भयो भने बानियाँले १६ मत मात्र पाउनु भएको छ ।

संसदीय दलको नेतामा सहमति नजुटेपछि कांग्रेस केन्द्रीय सदस्य लामा तथा बागमती प्रदेश सभापति बानियाँ चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

बानियाँको प्रस्तावकमा सांसद प्रभात तामाङ तथा समर्थकमा छिरिङ दोर्जे लामा रहेका थिए भने लामाका प्रस्तावक कुन्दनराज काफ्ले र समर्थक उर्मिला नेपाल, तिर्थ बहादुर लामा, रमेश कुमार महत र रामकृष्ण चित्रकार रहेका थिए।