अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्रीमा ओली-प्रचण्ड सहमति, एमाले चार, माओवादी दुई

मुख्यमन्त्रीमा ओली-प्रचण्ड सहमति, एमाले चार, माओवादी दुई


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रदेशका मुख्यमन्त्री बाँडफाँटमा सहमति जुटेको छ।

स्रोतका अनुसार सातवटा प्रदेशको मुख्यमन्त्रीमा ४–२–१ का आधारमा भागवण्डा मिलाइएको छ। 

एमालेको मुख्य सहयोगमा प्रचण्ड नेतृत्वको सरकार बनाएकोले उसले प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मुख्यमन्त्री पाउने छ।

माओवादी केन्द्रले बागमती र सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री लिनेछ।

यसैगरी प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका दुई दल जनता समाजवादी पार्टी (जसपा) र सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशमा आधा आधा कार्यकाल मुख्यमन्त्री चलाउने समझदारी जुटेको छ।