अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार

विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार


काठमाडौं-नेकपा एमाले नेकपा माओवादी केन्द्रलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो ।

धेरै सांसदहरु मन्त्रीको आकांक्षी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक २५ पुसमा आव्हान गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठक सुरु भएपछि विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस विषयमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी ओलीसँग पनि छलफल गरिसक्नुभएको छ ।