महाभारा-झापाको गौरीगञ्ज गाउँपालिका १ मा रहेको जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई जाडोमा स्विटर वितरण गरिएको छ । बुधवार विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीहरूलाई स्विटर वितरण गरिएको हो ।
विद्यालयका पूर्व विद्यार्थी एवम् इजलासका सम्पादक प्रदीप परियारको पहलमा १ सय २० जना विद्यार्थीहरूलाई स्विटर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक भीम बहादुर कार्कीले जानकारी दिनुभयो । विद्यालयमै पुगेर पूर्व विद्यार्थी परियारले स्विटर वितरण गर्नुभएको हो । विद्यालयका जग्गादाता, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, अभिभावकहरू समेतको उपस्थितिमा स्विटर वितरण गरिएको शिक्षक सिपी भट्टराईले जानकारी दिनुभयो ।
पूर्व विद्यार्थी परियारले बिर्तामोडका सामाजिक एवम् व्यवसायी व्यक्तित्वहरूको सहयोगमा स्विटर वितरण गर्नुभएको हो । र परियारका अनुसार बिर्तामोडका व्यवसायी निर्मल भट्टराई, सुवास भट्टराई, सञ्जीव घिमिरे, दिवाकरलाल चौधरी, पिन्टु शाह, नवीन ढुङ्गानाको सहयोगमा १२० जना विद्यार्थीलाई स्विटर वितरण गरिएको हो ।
स्विटर वितरण गर्दै परियारले आफूले अध्ययन गरेको विद्यालयका भाइवहिनीहरुलाई स्विटर वितरण गर्न पाउँदा खुसी व्यक्त गर्नुभएको छ । विद्यार्थी र विद्यालयका लागि सधैँ सहयोग गर्ने परियारको भनाई थियो । उहाँले शिक्षक, अभिभावकलाई विद्यालय उत्कृष्ट बनाउन आग्रह समेत गर्नुभएको छ ।
प्रतिक्रिया