अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशमा प्रदेशसभा सदस्यहरुको शपथ आज

बागमती प्रदेशमा प्रदेशसभा सदस्यहरुको शपथ आज


काठमाडौं-बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छन् । बागमती प्रदेशसभा सचिवालय हेटौंडामा दिउँसो २ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको जनाएको छ ।

आज प्रदेशसभाका बाँकी १०९ सदस्यहरूको शपथको कार्यक्रम रहेको र उनीहरूलाई प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराउने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि बुधबार प्रदेश सभाका ज्येष्ठ सदस्य ढुंगानालाई शपथ गराइएको थियो । बागमती प्रदेश सभाका नवनिर्वाचित १५ जना प्रदेश सभा सदस्यहरूले मातृभाषामा शपथ लिने भएका छन् । प्रदेशसभाका कुल ११० सांसद मध्ये १५ जनाले मातृभाषामा शपथ लिने भएका हुन् । जसमा ११ जनाले नेवारी र ३ जनाले तामाङ भाषामा शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ।