अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड

प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड


काठमाडौं-प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड भएको छ । अकाउन्ट लक्ड हुनुको अर्थ प्रधानमन्त्रीका ट्वीट हेर्न र कमेन्ट गर्न पाइँदैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले ट्वीटर अकाउन्ट लक्ड कसरी भयो भन्नेबारे अनभिज्ञता प्रकट गरेको छ । यसबारे आफूहरुले बुझिरहेको सचिवालयका सदस्यहरु बताउँछन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा पछि प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्टमा प्रचण्डकै फोटो अपडेट गरिएको छ ।