अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनको संयोजकमा अध्यक्ष ओली

सत्ता गठबन्धनको संयोजकमा अध्यक्ष ओली


काठमाडौं – सत्ता साझेदार दलहरुको गठबन्धनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई संयोजक चयन गरेको छ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो। 

गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयोजकमा अध्यक्ष ओली रहने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सत्ता साझेदार दलको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुने निर्णय भएको छ।’

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त हुनुभएपछि आज पहिलोपटक सत्ता साझेदार दलककका शीर्ष नेताहरुको बैठक बसेका हो।