अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशसभा बैठक पुस १८ गतेका लागि आह्वान

बागमती प्रदेशसभा बैठक पुस १८ गतेका लागि आह्वान


मकवानपुर – बागमती प्रदेशसभा बैठक पुस १८ गते सोमबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनबाट गठित प्रदेशसभाको पहिलो बैठक सोमबारका लागि तय भएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको हो ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेशसभाको ११ औं अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ओमबहादुर खड्काले जनाएका छन् ।