अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ गठबन्धनको सरकारसँग मिलेर काम गर्न इच्छुक छौं : भारतीय विदेश मन्त्रालय

नयाँ गठबन्धनको सरकारसँग मिलेर काम गर्न इच्छुक छौं : भारतीय विदेश मन्त्रालय


काठमाडौं -भारतीय विदेश मन्त्रालयले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै चुनावपछि बनेको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको जनाएको छ ।

बिहीबार आयोजित साप्ताहिक नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्ने बताएका हुन् ।
नेपालमा चुनावपछि बनेको नयाँ सरकार र यहाँको राजनीतिक परिस्थितिका बारेमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासको जवाफ दिँदै बाग्चीले प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै नरेन्द्र मोदीले बधाई दिएको विषयमा जानकारी गराए । मोदीले दिएको बधाईको जवाफमा प्रचण्डले पनि दुई देशको बीचमा गहिरो सम्बन्ध बनाउन चाहेको उनले जानकारी दिनुभयो ।

‘सांस्कृतिक सम्बन्ध र हाम्रो द्विपक्षीय सम्बन्धलाई अझै कसरी मजबुत गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राख्ने काम भयो,’ प्रवक्ता बाग्चीले भन्नुभयो ।
उहाँले भारत नेपालमा गठन भएको नयाँ सरकारसँग काम गर्न उत्सुक रहेको बताउनुभएको छ । ‘हाम्रा दुई देशका बीचमा जुन अद्वितीय द्विपक्षीय सम्बन्ध छ यसलाई बढाउनका लागि हामी नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने आशा राख्दछौँ र गर्नेछौँ । दुई देशका बीचमा ऐतिहासिक सम्बन्ध छ,’ उहाँले भन्नुभयो, ‘चुनावपछि आएको नयाँ सरकार आएको छ । हामी त्यससँग मिलेर काम गर्न उत्सुक छौँ ।’