काठमाडौं -नेकपा एमालेका नेता भीम रावलले माधव नेपालले आफ्ना बारेमा गरेको टिप्पणी निराधार रहेको बताउनुभएको छ ।
नेकपा एसका अध्यक्ष नेपालले भीम रावल आफ्नो पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको बताउनु भएको थियो । आज बिहीबार जुम मिटिङमा एकीकृत समाजवादी पार्टी अध्यक्ष नेपालले रावल र घनश्याम भुसाललाई आफ्नो पार्टीमा ल्याउनेबारे कुरा चलिरहेको भन्दै पार्टी नेताहरुलाई आश्वस्त बनाउन खोजेको भन्नुभएको थियो । नेपालले बैठकमा भन्नुभएको थियो, ‘साथीहरु पार्टीमा जोडिनेबारे कुराहरु चलिरहेको छ । घनश्यामजी आउन तयार हुनुहुन्छ । रावलजीले त भोलि नै बसौं भनेर भन्नुभएको छ ।’
नेपालको भनाइप्रति आपत्ती जनाउदै रावलले सामाजिक सञ्जालमा लेख्नु भएको छ
‘त्यही २–३ मिनेटजति कुरा भएको हो, तर बाहिर आएका न्युज पढ्दा आश्चर्य लाग्यो’, रावलले भने, ‘बसेर कुरा गर्दैमा केही बिग्रने होइन, सबैको सबैसँग भेट हुँदा उहाँसँग नभेट्ने भन्ने हुँदैन, तर त्यसको कुनै योजना बनेको छैन ।’






प्रतिक्रिया