काठमाडौं -२०७४ सालको निर्वाचन देखि नै तिख्त सम्बन्ध भएका तत्कालिन एमालेका उपाध्यक्ष वामदेव गौतम र केन्द्रीय सदस्य सूर्य थापाको सम्बन्ध सुधार भएको छ ।
पूख्र्यौली थलो प्यूठान भएका एमालेका पूर्व नेता गौतम र हाल प्यूठानबाट चुनाव जितेका पोलिटव्यूरो सदस्य थापाको सम्बन्धमा देखिएको सुमधुरताले प्यूठानी एमालेहरु पनि खुशी भएका छन् । गौतमले २०७० सालको संविधानसभा निर्वाचनमा प्युठानबाट विजयी हुनुभएको थियो ।
चुनाव जितेर काठमाडौं फर्केपछि थापाले जिल्लामा रहेका विभिन्न पार्टीका नेता र विज्ञहरुसँग भेटघाट गर्ने क्रममा आज गौतम निवास भैंसेपाटी पुग्नु भएको हो । थापाले सामाजिक सञ्जालमा लेखे अनुसार गौतमले थापालाई खादा लगाएर बधाइ दिनुभएको छ । थापाले जिल्लाको विकासका लागि गौतमसँग सुझाव सल्लाह लिनु भएको छ । कुनैबेला प्यूठानमा सूर्य थापाहरुकै बलमा गौतमले चुनाव जितेको चर्चा अहिले पनि हुने गरेको छ । थापाले लेख्नु भएको छ ‘प्युठानबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको हैसियतमा आज मैले प्युठान १ मा हामीले पौरख गरी विजयी गराएका पूर्व साँसद तथा समकालिन कम्युनिष्ट नेता मध्ये एक वरिष्ठ व्यक्तित्व वामदेव गौतमसँग भेटेर सल्लाह तथा सफल कार्यकालको शुभकामना पनि दिनुभयो । उक्त अवसरमा हामीले लामो,गम्भिर र अन्तरंग छलफल समेत ग¥यौं ।’
थापाले गौतमलाई एमालेमा फर्किन आग्रह गर्नुभएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउनकै लागि नेकपामा रडाको मच्चाएका वामदेवको चाहना पुरा भएकोले अब एमालेमा फर्किन आग्रह गर्नुभएको छ ।
थापाले केही समय अघि प्यूठानी काँग्रेका नेता एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्द पोखरेलको निवासमा पुगेर बधाई ग्रहण गर्नुभएको थियो ।






प्रतिक्रिया