काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले माधव नेपालसँग पार्टी एकता वा राष्ट्रपति बनाउने कुरामा सत्यता नभएको स्पष्ट पार्नु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै ज्ञवालीले माधव नेपालको नाम नलिएरै अहिलेका छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सिमित रहेको उल्लेख गर्नुभएको छ । ‘त्यसभन्दा बाहिर चलेका चर्चा,अनुमान।अतिरञ्जना र हल्ला मात्र हुन्’ ज्ञवालीले लेख्नु भएको छ ‘पार्टीभित्र र बाहिरबाट सृजित भयानाक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो । संकटका बेला सतिसाल झैं उभिएका कमरेडहरुको भावना विपरित कुनै निर्णय हुने छैन ।’
इतिहासमा भएका केही घटना जसलाई विर्सन नसकिने र विर्सन नहुने ज्ञवालीको तर्क छ ।







प्रतिक्रिया