अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय दलित साहित्य एकेडेमीद्वारा परियार सम्मानित

भारतीय दलित साहित्य एकेडेमीद्वारा परियार सम्मानित


काठमाडौं-राष्ट्रिय दलित आयोगका पूर्व–सदस्यसमेत रहुन भएका एमाले नेता वुद्धिमान परियार भारतीय दलित साहित्य एकेडेमीद्वारा सम्मानित हुनुभएको छ। एकाडेमीले परियारलाई ‘डा.अम्बेदकर ब्रदरहुड इन्टरनेसनल अवार्ड २०२२’ बाट सम्मानित गरेको हो ।

विशेष गरेर समाजमा दलितहरूको हक, हित र अधिकारका लागि परियारले गर्दै आएको काम र अवका दिनमा पनि सोहि ढंगबाट लाग्ने विश्वाससहित उहाँलाई सम्मान गरिएको हो ।

विद्यार्थी जीवनबाटै नेकपा एमालेमा आवद्ध रहि राजनीति गर्दै आउनुभएका परियार हाल नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा प्रदेश नं। १ को नेकपा एमाले प्रदेश कमिटी सदस्यसमेत रहनुभएको छ ।

डा। अम्बेदकर भारतमा जातिय व्यवस्था उन्मुलनका एक कुशल नेतृत्व कर्ता हुनुहुन्थ्यो । उहाँले भारतीय संविधान निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।