काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमडिएमस प्रक्रिया तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई निर्देशन दिनुभएको छ । विदेशबाट फर्किएका नेपालले ल्याउने मोबालाइललाई कडाइ गर्ने निर्णय तत्काल लागू नगर्न र पुरानै प्रक्रियामा चल्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार अर्थमन्त्री विष्णु पौडेललाई पुरानै प्रक्रिया रहन दिन निर्देशन दिनुभएको हो ।
आज (पुस १५) देखि नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट नचल्ने जनाइएको छ। विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध भइरहेको छ।







प्रतिक्रिया