काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा सत्ता गठबन्धनका संयोजक केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा अढाई घण्टा छलफल गर्नुभएको छ।
मन्त्रालय बाँडफाँट, प्रदेश सरकारको नेतृत्व र प्रधानमन्त्रीले लिने बिश्वासको मतसहितका विषयमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच अढाई घण्टा छलफल भएको हो ।
प्रधानमन्त्री दाहालसँग छलफलका लागि आज बिहान बालुवाटार जानुभएको थियो । सत्ता गठबन्धनका प्रमुख दल एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच मन्त्रिपरि
प्रधानमन्त्री दाहालसँग छलफलका लागि आज बिहान बालुवाटार जानुभएको थियो । सत्ता गठबन्धनका प्रमुख दल एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रम, प्रदेश सरकारको नेतृत्व लगायतका विषयमा छलफल केन्द्रित रहेको थियो । दुई नेताबीच सवै विषयमा लगभग सहमति भइसकेको भए पनि अन्तिम निश्कर्ष आउनु बाँकी रहेको छ ।
एमाले नेतृत्वको सातदलीय गठबन्धनबीच संवैधानिक पद, मन्त्रालय बाँडफाँट, प्रदेश सरकारको भागबण्डालगायतका विषयमा प्याकेजमै टुंग्याउने गरी उहाँहरुबीच छलफल भएको र अन्य दलसँग पनि छलफल गरी निश्कर्ष दिने तयारी छ ।
आजको छलफलमा सरकारमाथि आउन सक्ने चुनौती र अर्थतन्त्रको क्षेत्रमा देखिएको समस्या समाधानको बिषयमा समेत छलफल भएको बालुवाटार स्रोतले बताएको छ । ‘समग्र विषयमा दुई नेताबीच छलफल भयो, जनताले बेहोर्नु परेको समस्या समाधानका उपायबारे पनि छलफल भएको छ,’ भेटबारे प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो ।
बिहीबार मात्र गठबन्धनमा रहेका प्रमुख दलको शीर्ष नेतृत्वको बैठकले सरकारलाई प्रभावकारी बनाउन एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठबन्धनबीच सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्यूनतम साझा कार्यक्रम मस्यौदा समिति गठन गरेको थियो ।
न्यूनतम कार्यक्रम मस्यौदा समितिलाई ५ दिनको समय तोकिएको छ । दुई नेताबीच माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, महन्थ ठाकुर नेतृत्वको लोसपा र बिहीवार मात्रै दल दर्ता गर्नुभएका प्रभु साह लाई पनि सरकारमा सहभागी गराउने बिषयमा समेत छलफल भएको छ ।






प्रतिक्रिया