अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डलाई मोदीको लिखित बधाई पत्र

प्रधानमन्त्री प्रचण्डलाई मोदीको लिखित बधाई पत्र


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालकालागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न श्रीवास्तव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो ।

भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गर्नुभएको थियो ।

भेटमा नेपाल भारत बीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।