अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संवाद र छलफलबाट देशमा एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्छ : देव गुरुङ

संवाद र छलफलबाट देशमा एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्छ : देव गुरुङ


रुपन्देही – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अब नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताउनु भएको छ ।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै वाम एकताको विषयलाई चर्चा पाइरहेका बेला महासचिव गुरुङले सो धारणा सार्वजनिक गर्नुभएको हो ।

भैरहवामा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताउनु भएको हो ।

कम्युनिष्टको एकताविना प्राप्त राजनीतिक उपलब्धिको रक्षा नहुने भन्दै उहाँले संसदभित्र र बाहिर रहेका कम्युनिष्टबीच आपसी संवाद र छलफलबाट एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्नेमा जोड दिनुभयो।

संविधान, लोकतन्त्रको रक्षा र संसद्को पुनर्स्थापना गर्न सफल भए राष्ट्रिय स्वाधीनतामाथि खतरा र बाह्य शक्तिले चलखेलप्रति नेतृत्वको ध्यान नपुगेको गुरुङको भनाइ छ ।