अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका प्रदेश सांसदद्धारा शपथ

सुदूरपश्चिमका प्रदेश सांसदद्धारा शपथ


धनगढी – सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन्।

शुक्रबार प्रदेशसभा भवनमा अछामबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलले पद तथा गोपनियताको शपथ खुवाउनु भएको हो ।

नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिका प्रदेशसभा सदस्य गिता चौधरीले मातृभाषामा शपथग्रहण गरेका हुन् भने अन्य प्रदेशसभा सदस्यले नेपाली भाषामै शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबार दिँउसो ज्येष्ठ सदस्य रावलले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका थिए । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा रावलले शपथलिएका हुन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) पार्टीका ४, राप्रपा १ र स्वतन्त्र १ जना सांसद छन् ।