अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ राप्रपा संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन

प्रदेश १ राप्रपा संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन


विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन हुनुभएको छ। शुक्रबार झापामा भएको संसदीय दलको बैठकले झापाका सिटौलालाई सर्वसम्मत नेता चयन गरेको सांसद सविना बजगाइँले जानकारी दिनुभयो।

राप्रपा केन्द्रीय समितिका प्रवक्तासमेत रहेका सिटौला झापा ४ को प्रदेश क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका सांसद हुन्।

प्रदेशमा राप्रपाबाट प्रत्यक्ष निर्वाचित दुई जना र समानुपातिकबाट निर्वाचित ४ गरी ६ जना सांसद छन्।