अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोवाइल सेट होइन,पहिला मल चाहियो सरकार : गोकुल बास्कोटा

मोवाइल सेट होइन,पहिला मल चाहियो सरकार : गोकुल बास्कोटा


काठमाडौं -नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं काभ्रेका साँसद गोकुल बास्कोटाले सरकारलाई किसानलाई तत्काल मल उपलब्ध गराउन माग गर्र्नु भएको छ ।
सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले नयाँ सरकारको पछ्यौरी मोबाइल सेटमा अल्झेको आरोप लगाउनुभएको छ । ‘किसानले मलमा सास्ती व्योहोरेको दुई वर्ष भइसक्यो तर नयाँ सरकारको पछ्यौरी मोवाइल सेटमा अल्झेजस्तो छ’ बास्कोटाले लेख्नु भएको छ ‘एमडिएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गर्ने हो कति ल्याउने नल्याउने कोटा तोक्ने व्यवस्था गरेको छैन । ’
मोवाइल सेट भन्दा सरल ढंगले किसानलाई मल उपलब्ध गराउनु पर्ने बास्कोटाको माग छ । ‘मल चाहियो मल किसानलाई,त्यो सरल ढंगले पाउने प्रबन्ध गर पहिला’ बास्कोटाको भनाइ छ ।