कैलाली – एमाले सुदूर पश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन हुनुभएको छ ।
आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उप नेतामा सन्तोष शर्मा थापा चयन हुनु भएको छ ।
सुदूर पश्चिमका १० जना प्रदेश सभा सदस्यको उपस्थितीमा दलको नेता र उपनेता चयन गरिएको हो। एमाले केन्द्रिय सचीव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।






प्रतिक्रिया