जनकपुरधाम – जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको नेतामा महेशप्रसाद यादव चयन हुनुभएको छ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ‘ख’बाट निर्वाचित सांसद यादव दलको नेता चयन हुनुभएको हो । उहाँलाई पार्टीका नेताले सर्वसहमत दलको नेतामा चयन गरेको डा. सीके राउतको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार दलको सचेतकमा चन्दन कुमार सिंह, सचिव शम्भु साह र कोषाध्यक्षमा भाग्यश्री कुमारी चौधरी चयन हुनुभएको छ ।
जनमत पार्टीको मधेस प्रदेशमा ६ जना प्रत्यक्ष र सातजना समानुपातिक गरी १३ जना सांसद छन् ।







प्रतिक्रिया