झापा-झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो।
गए राति करिब २ बजे हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो।
हात्तीले घर भत्काउन थालेपछि उहाँ बाहिर निस्कनुभएको थियो । त्यही क्रममा हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो।
हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आक्रमण गरी गम्भीर घाइते बनाएको छ। घाइते कृष्णमायाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमान् शान्तिरामको उपचार भइरहेको छ।







प्रतिक्रिया