अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहटमा जिपसँग ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

रौतहटमा जिपसँग ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु


रौतहट-रौतहटमा शनिबार साँझ जिपसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत माधवनारायण नगरपालिका–३ सखुअवामा ना १ ज ६७४९ नम्बरको म्याजिक जिप र बा ३९ प ८८६५ को नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा माधवनारायण–२ का ६५ वर्षका परमात्मा प्रसाद साह र सोही पालिकाका वडा नं। २ का ६५ वर्षका गौकरण यादव रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार उनीहरु दुर्घटनामा गम्भीर घाइते भएका थिए र सुकदेवचोकस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिपका चालक चन्द्रपुर नगरपालिका–४ का २७ वर्षका महम्मद सहुल मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।