अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य तोलाको १ लाख १ हजार ७ सय पुग्यो

सुनको मूल्य तोलाको १ लाख १ हजार ७ सय पुग्यो


काठमाडौं-नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार थप ३ सय रुपैयाँले बढेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य समेत आज तोलामा ५ रुपैयाँले बढ्दै १४ सयको विन्दुको छोएको छ ।