विराटनगर – प्रदेश १ प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका छन् ।
मंसिर ४ को निर्वाचनम कुनै पनि दलले बहमुत पुर्याउन नसकेपछि प्रदेश प्रमुख खापुङले एकसाताको समय दिएर संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई सरकार निर्माणका आह्वान गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश १ मा कुनै पनि दललाई बहुमत प्राप्त हुन नसकेकाले उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।








प्रतिक्रिया