काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तारको काम अझै १०/१५ दिन लाग्न सक्ने संकेत गर्नुभएको छ ।
अध्यक्ष ओलीले अहिले खेलकुदमन्त्री नभएको प्रसंग उल्लेख गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताउनु भएको हो ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रह समेत गर्नुभयो ।

खेलाडीहरुले खेलकुद क्षेत्रको विकासमा सरकारले राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उनीहरुको माग सरकारसमक्ष पुर्याउन आफू लागिपर्ने बताउनुभयो ।
नयाँ खेलकुद मन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने अध्यक्ष ओलीको भनाई थियो।
उहाँले बालबालिकाहरुलाई उचित संरक्षण गरेर सफल बनाउन पनि सरकार लाग्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारले खेल क्षेत्रलाई राम्रोसँग हेरेको छैन भन्ने कुरा तपाईंहरुको यो अभिव्यक्ति हेरोस भन्ने चाहना र मागलाई सरकारसम्म पुर्याउँछु । अहिले त खेलकुद मन्त्री नै छैन। १०–१५ दिन लाग्न सक्छ, खेलकुद मन्त्री आउन। तर १०/१५ दिनपछि भए पनि म उनलाई पनि तपाईँहरुको कुरा भन्छु। खेलाडीहरुको भनाइ छ– खेल क्षेत्रलाई सरकारले हेरोस्। त्यो कुरा म सरकारसँग राख्छु।’







प्रतिक्रिया