अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुस २२ गते सर्वदलीय बैठक बोलाउने तयारी

पुस २२ गते सर्वदलीय बैठक बोलाउने तयारी


काठमाडौं-संघीय संसद् सचिवालयले पुस २२ गतेका लागि सर्वदलीय बैठक बोलाउने तयारी गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सर्वदलीय बैठक आह्वान गर्ने तयारी गरिएको सचिवालयले जनाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलले बोल्न पाउने समय बाँडफाँटका विषयमा छलफल गर्न राणाले पुस २२ गते बैठक बोलाएको संसद सचिवालयले जनाएको छ ।

यस्तै बैठकमा सभामुखको निर्वाचन नहुदाँसम्म बैठक सञ्चालन गर्ने प्रक्रिया, सभामुखको निर्वाचनका लागि प्रतिनिधि सभाको नियमावली अनुमोदन गर्ने लगायतका विषयमा छलफल हुनेछ ।