अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिक्लेसमा आगलागी : पूर्व वडाध्यक्षको मृत्यु, २ घर जलेर नष्ट

सिक्लेसमा आगलागी : पूर्व वडाध्यक्षको मृत्यु, २ घर जलेर नष्ट


पोखरा-कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् । घर जल्दा पूर्व वडाध्यक्षको मृत्यु भएको छ ।

मादी गाउँपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुरज कुमार गुरुङको आगोले जलेर मृत्यु भएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिनुभयो ।

आइतबार राति पौने ९ बजे आगलागी हुँदा गुरुङ घरभित्रै रहेका र घरसँगै जलेर उहाँको मृत्यु भएको बताइएको छ । तर, आगलागीको समयमा घरबाट निस्किन सक्ने अवस्था भएपनि उनी भित्रै रहनुमा रहस्यमय हुन सक्ने आशंका गरिएको छ । गुरुङको घर ढुंगामाटो र टिनको छानाले छाइएको थियो ।

आगलागीमा नजिकै रहेको टौराज गुरुङको कोरियन प्रविधिले बनेको दुई तले घर पूर्ण रूपमा नष्ट भएको छ । घरमा रहेका अन्नपातदेखि सबै कुरा जलेर नष्ट भएको वडाध्यक्ष गुरुङले बतानुभयो । आगलागीको कारण भने अझै खुलेको छैन । आगो करिब ११ बजे स्थानीय भेला भएर निभाएका हुन् । क्षतिको विवरण आएको छैन ।