अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण

मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण


काठमाडौं-मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ ।

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको ७९६ किमी वितरण सञ्जालमध्ये ४२७ किमीको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिनुभयो । बाँकी काम पनि चालु आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म सकिने उहाँको भनाइ थियो ।

वितरण सञ्जालमा चारवटा निर्माण कम्पनीले काम गरिरहेका छन्। स्वयम्भू क्षेत्रमा शर्माररमा जेभी, बालुवाटार क्षेत्रमा धुम्रटिम्स्कुरमाररसिएभीरक्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ ।

यसैगरी मण्डिखाटार क्षेत्रमा टुँडी कन्स्ट्रक्सनले वितरण सञ्जाल निर्माणको काम गरिरहेको छ ।

कपन क्षेत्रमा भने लिपेलरशैलुङ जेभीले काम गरिरहेको छ । रु.सात अर्ब ३६ करोड तीन लाख ८४ हजारको  लागतमा दोस्रो चरणको ७९६ किमी वितरण सञ्जालको काम भइरहेको हो । निर्देशनालयले पहिलो चरणमा एक हजार १० किमी वितरण सञ्जाल निर्माण गरिसकेको छ । त्यसमध्ये ५३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ । पहिलो चरणमा निर्माण भइसकेको क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको छ ।