बुटवल – नेकपा माअेवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा चयन हुनुभएको छ।
आज माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो ।
पार्टीको स्थायी समितिका सदस्य समेत रहेका महरा रोल्पा १ (क)का प्रदेश सभा सदस्य हुन्।







प्रतिक्रिया